ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाले  मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन आयोजना गर्न लागेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञानेन्द्र शाहीले राप्रपाले आयोजना गर्न लागेको प्रदर्शन पार्टी केन्द्रित मात्रै नभई देशका सबै नागरिकको हितमा रहेको बताउँदै सबैलाई सहभागी हुन आह्वान गरे।

ज्ञानेन्द्र शाहीले भने, “यो आन्दोलन राप्रपाको मात्र होइन। यो आन्दोलन प्रदेश संरचना खारेज गर्न चाहनेको, प्रत्यक्ष निर्वाचित कार्यकारी चाहनेको र धर्म सापेक्षताको पक्षमा खडा हुनेहरूको आन्दोलन हो।”

राप्रपा संविधानमा व्यापक सुधार गर्न र दीर्घकालीन व्यवस्थाका लागि गोलमेच सम्मेलनको आवश्यकता रहेको बताउँदै आएको छ। साथै, पार्टीले राजसंस्थाको पक्षमा रहेको र राजा सबैको साझा हुनु पर्ने भन्ने धारणा राखेको छ।

तपाईको प्रतिक्रिया