जेनजी आन्दोलनका क्रममा आपराधिक कार्यमा संलग्न भएको आरोपमा ४२९ जना पक्राउ

काठमाडौं ।गृहमन्त्री ओमप्रकाश अर्यालले हालैको जेनजी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा ४२९ जना पक्राउ भएको जानकारी दिएका छन्।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सहभागी हुँदै उनले पक्राउ परेकाहरूमाथि विभिन्न अभियोगमा १६८ वटा मुद्दा दर्ता भइसकेको बताए।

गृहमन्त्री अर्यालका अनुसार भदौ २३ र २४ गतेका घटनापछि हराएका तथा लुटिएका हतियारहरूमध्ये ठूलो संख्यामा फिर्ता ल्याइएको छ।

“सुरक्षाकर्मीका हराएका वा लुटिएका हतियारमध्ये हालसम्म ७१८ थान पुनः नियन्त्रणमा आएका छन्। बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूले संयुक्त अपरेसनमार्फत खोजी कार्यलाई तीव्रता दिएका छन्।”

तपाईको प्रतिक्रिया