जीवनी होइन, देशको भविष्य लेख्ने उद्देश्यमा छौं : रास्वपा सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी निर्माणभन्दा देशको राजनीतिक इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित अघि बढिरहेको बताएका छन्।

काठमाडौंमा आयोजित पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले राजनीति पद प्राप्तिको माध्यम मात्रै नभएको धारणा राखे। उनका अनुसार सरकारमा कुन तहको जिम्मेवारीमा पुगिन्छ भन्नेभन्दा देशलाई कस्तो दिशा र नेतृत्व प्रदान गरिन्छ भन्ने विषय बढी महत्वपूर्ण हुन्छ।

उनले प्रधानमन्त्री, मन्त्री वा पार्टी नेतृत्वमा पुग्ने उद्देश्यभन्दा पनि नागरिकको अपेक्षा अनुसारको राजनीतिक संस्कार विकास गर्न आफ्नो प्रयास केन्द्रित रहेको बताए। राजनीतिलाई ठूलो जिम्मेवारी र दीर्घकालीन सोचसहित अघि बढाइएको उनको भनाइ थियो।

लामिछानेले पार्टीका सांसद तथा नेताहरूलाई निरन्तर सिक्ने र अरूलाई सिकाउने संस्कृतिमा जोड दिनुपर्ने उल्लेख गरे। राजनीतिक यात्रामा अनुभव, अध्ययन र प्रशिक्षणलाई महत्त्वपूर्ण पक्षका रूपमा लिनुपर्ने उनले बताए।

उनले आफूहरू केवल पदका लागि राजनीति गरिरहेको भन्ने बुझाइ गलत रहेको समेत स्पष्ट पारे।

तपाईको प्रतिक्रिया