जिल्लावासीको आग्रहमा कांग्रेस डडेलधुराले देउवाको एकल नाम सिफारिस ?

डडेलधुरा :नेपाली कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको नाम मात्र एकल रूपमा सिफारिस गरेको छ। प्रत्यक्ष निर्वाचनका लागि देउवाको नाम मात्र सिफारिस गरिएको जानकारी डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदले दिएका छन्।

साउदले बताए, “जिल्लावासीको आग्रहअनुसार देउवाको नाम एकल रूपमा सिफारिस गरिएको हो। उहाँले आफैंले कुनै इच्छा जाहेर गर्नुभएको छैन। जिल्ला कार्यसमितिको सर्वसम्मत निर्णयबाट मात्र सिफारिस गरिएको हो। उहाँले चुनाव लड्दिनँ भनेर सार्वजनिक घोषणा नगरेसम्म यसलाई सम्मानका रूपमा बुझ्नुपर्छ।”

उनले भने, “देशको प्रधानमन्त्री भएर नेतृत्व दिइसकेको, डडेलधुरा मात्र होइन, सुदूरपश्चिम र राष्ट्रको उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याइसकेको व्यक्तिको प्रतिस्पर्धी अन्य पार्टीबाट बनेका छैनन्। त्यसैले जिल्लाबाट उहाँको एकल नाम सिफारिस गरिएको हो।”

शेरबहादुर देउवाले ०४८ सालदेखि डडेलधुराबाट लगातार निर्वाचन जित्दै आएका छन्। उनले पाँचपटक प्रधानमन्त्रीको पद सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया