जालपामा नवजात शिशुको हात फेला

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले नवजात शिशुको शवको भाग खाएको अवस्थामा शिशुको एउटा हात फेला परेको छ। स्थानीयको सूचना अनुसार, जशबहादुर राईको घर नजिकै रहेको बाँसघारीमा नवजात शिशुको शव गाडिएको थियो। प्रहरी टोली घटनास्थल पुगेपछि कुकुरले शवको केही भाग खाइसकेको र एक हात मात्र बाँकी रहेको पत्ता लगाएको हो।

घटनास्थलमा कानूनी प्रक्रिया पूरा गरिएपछि, शिशुको हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ। घटनाबारे अनुसन्धान जारी राखिएको र स्थानीयको आशंका अनुसार, हत्यापछि शव लुकाउन गाडिएको हुनसक्ने कुरा प्रहरी निरीक्षक सञ्जु कार्कीले बताइन्।

शिशुको शव केही दिनअघि गाडिएको आशंका गरिएको भए पनि यसबारे बिहीबार मात्रै जानकारी प्राप्त भएको प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ। घटना स्थानीयवासीका लागि रहस्यमय बनेको र यसले समुदायमा चासो र जिज्ञासा बढाएको छ।

तपाईको प्रतिक्रिया