छाडातन्त्र, अराजकता र समाज विकृत बनाउने विषयलाई हटाउनका लागि सरकारले ल्याएको सोसल मिडिया विधेयक:ओली

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोगले अपराधमा वृद्धि भएको र सामाजिक सञ्जालमा अराजकता फैलिरहेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, सामाजिक सञ्जालले कतिपय परिवारलाई विघटित बनाएको छ।

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक सञ्जालको प्रयोगमा नियन्त्रण ल्याउने उद्देश्यले सोसल मिडिया विधेयक ल्याएको र यसले समाजमा अराजकता र विकृति फैलाउने गतिविधिहरूलाई रोक्नको लागि कदम चाल्ने बताए। उनले भने, “व्यक्तिगत बदनामी र मर्यादा भङ्ग गर्ने क्रियाकलापलाई नियमन गर्नु आवश्यक छ।

साथै, उनले सरकार सामाजिक सञ्जाल प्रयोगकर्ताका अधिकारको सुरक्षा गर्दै नियमन गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगलाई सकारात्मक दिशामा प्रयोग गर्नुपर्ने बताएका छन्। “असामाजिक व्यवहारलाई रोक्नुपर्छ।

उनले थपे, “राजनीतिक परिवर्तन मात्रै मानिसलाई खुशी बनाउन सक्दैन, परिपूर्ण लोकतन्त्र मात्रै मानिसलाई साँचो खुशी र सुखी बनाउँछ।

तपाईको प्रतिक्रिया