कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन झगडामै टुंगियो

काठमाडौं, – संघीय निजामती विधेयकमा भएको ‘चलखेल’ को विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन विवादकै बीचमा अन्तिम रूप दिइएको छ। समितिका सदस्यहरूबीच मतभेद चुलिँदा प्रतिवेदन लेखन नै विवादित बन्दै गएको हो।

समितिको अन्तिम बैठकमा विपक्षी दलका सांसदहरूले सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई प्रतिवेदनमा दोषी ठहर गर्नुपर्ने माग राखेका थिए।

तर, नेपाली कांग्रेसका सांसदहरूले सभापति खतिवडालाई र एमालेका सांसदहरूले अर्याल तथा पाण्डेयलाई दोषी मान्न अस्वीकार गरेको विपक्षी सांसदहरूको आरोप छ।

विपक्षी सांसदहरूले समितिबाट अलग मतसहितको लिखित धारणा पेश गर्दै बैठक बहिष्कार गरेका छन्। यता, कांग्रेस र एमालेका सांसदहरू भने सभामुखसँग भेट गर्न नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया