काठमाडौंको याट्खा गल्लीमा पुरुषको शव फेला,  २ जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-२४ याट्खा गल्लीमा पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार ३५ वर्षीय पुरुषको शव फेला परेको हो। मृतकको पहिचान भएको छैन। प्रारम्भिक अनुसन्धानबाट वादविवादका क्रममा कुटपिट गरेर हत्या गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक घर भई हाल काठमाडौंको ढोकाटोल बस्ने १७ वर्षीय सागर महतरा र रामेछापको काउले घर भई हाल काठमाडौंको मरुटोल बस्ने १६ वर्षीय सन्तोष शंकर रहेका छन्। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया