काठमाडौंका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइनलाई भूमिगत गर्ने कार्यको लागि आजदेखि आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध रहनेछ। प्राधिकरणका अनुसार, २१ गते चाबहिल क्षेत्र, २२ गते कलङ्की मालपोत क्षेत्र, २३ गते बालकुमारी, इमाडोल र लुभु क्षेत्र, २४ गते नैकापदेखि बलम्बु क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेट क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियम क्षेत्र र २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वर क्षेत्र र २९ गते रातोपुलदेखि गौशाला क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।

प्राधिकरणले आठ दिनको विद्युत् अवरोधका लागि माफी माग्दै मौसम प्रतिकूल परेमा निर्धारित समय परिवर्तन हुन सक्ने बताएको छ।

तपाईको प्रतिक्रिया