कसैसँग दम छ भने मैले भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार भ्रष्टाचारविरुद्ध कडा कदम चालिरहेको र यसमा कुनै पनि खाले भ्रष्टाचारलाई सहन नगर्ने बताएका छन्। उनले संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै आफूले भ्रष्टाचार गरेको कुनै प्रमाण भए देखाउन चुनौती पनि दिएका छन्।

ओलीले भने, “कुनै पनि व्यक्ति वा समूहले स्विजरल्याण्डको बैंकमा रकम लुकाएर राखेको, टेलिकममा पैसा लुकाएको जस्ता हावादारी र झुटा आरोपहरु फैलाउने प्रयास गरेका छन्। यस्ता अफवाहहरू फैलाउने कामले सरकारको कामको आलोचना गर्नको सट्टा त्यसको इज्जतमा दाग लगाउने मात्र काम गरेको छ।”

प्रधानमन्त्रीले थप भने, “म र मेरो परिवारले कुनै पनि प्रकारको भ्रष्टाचार गरेको भए प्रमाणसहित अघि ल्याउनुस्। म भ्रष्टाचार गर्दिनँ, र अरूलाई पनि गर्न दिन्न।” उनले विपक्षी दललाई सरकारको आलोचना र रचनात्मक टिप्पणी गर्न आग्रह गरे, तर चरित्र हत्यामा आधारित झूठा अफवाह फैलाउने कामलाई लोकतान्त्रिक प्रणालीको मर्यादाविपरीत ठहराएका छन्।

तपाईको प्रतिक्रिया