करेन्ट लागेर चितवन र उदयपुरमा दुई जनाको मृत्यु

काठमाडौँ । चितवन र उदयपुरमा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।

चितवनको भरतपुर महानगरपालिका–१८, गुन्जनगरका ५० वर्षीय शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार दिउँसो आफ्नै बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय रामकृष्ण धामीको पनि करेन्ट लागेर मृत्यु भएको छ। मंगलबार साँझ विद्युत पोलमा चढेर लाइन निर्माण गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया