ओलीको आरोप: “सिंहदरबार जलाउने देशभक्त होइनन्, योजनाबद्ध काम हो”



भक्तपुर, –नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा भएको आगजनी योजनाबद्ध भएको दाबी गर्दै त्यसमा देशभक्त युवाहरू संलग्न नरहेको स्पष्ट पारेका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित कार्यकर्ता भेलामा ओलीले देश र जनतालाई माया गर्ने व्यक्तिले कहिल्यै सिंहदरबार जलाउने काम नगर्ने बताउँदै भने, “सिंहदरबार जलाउँछु भनेर पहिलेदेखि नै धम्की दिनेहरूकै काम हो त्यो। यो योजनाबद्ध रूपमा गरिएको गतिविधि हो।”

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी भएको थियो। सोही दिन ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

कार्यक्रममा ओलीले युवाहरूलाई देशप्रेमी, जिम्मेवार र राष्ट्र निर्माणमा योगदान दिने खालको बनाउनु आवश्यक रहेकोमा जोड दिए । “देश बनाउन हो भने यस्तो नकारात्मक कार्यबाट टाढा रहनुपर्छ,”

ओलीले सिंहदरबारमा आगो लगाउनेहरू बाह्य घुसपैठ तत्व हुन सक्ने आशंका पनि व्यक्त गर्दै देश र इतिहासप्रतिको प्रेम भएको व्यक्ति कहिल्यै यस्ता क्रियाकलापमा संलग्न नहुने बताए।

तपाईको प्रतिक्रिया