ओली–देउवा भेट: राजनीतिक छलफल सुरु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास पुगेका हुन्।

अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न उपस्थित छन्। हाल अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको छ।

यसअघि मंसिर १९ गते पनि देउवा र ओलीबीच भेटवार्ता भएको थियो।

तपाईको प्रतिक्रिया