एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित

काठमाडौं, कार्तिक १४ — अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन्। शुक्रबार बसेको एन्फाको आकस्मिक भर्चुअल बैठकले उनलाई अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै निलम्बन गर्ने निर्णय गरेको हो।

एन्फा कार्यसमितिका अनुसार कार्यवाहक अध्यक्षको रूपमा खड्काले गरेका केही कार्यहरू संगठनको अनुशासन र आन्तरिक प्रक्रियाबाहिर रहेको भन्दै सो कदम उठाइएको हो।

संघले खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गरिएको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया