एकैपटक प्रहरीमा ३५ जनाको बढुवा  सिफारिस !

काठमाडौं – प्रहरी संगठनमा एकैपटक ठूलो संख्यामा बढुवा  सिफारिस  गरिएको छ। ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ एसपी (एसएसपी), ११ जना नायब उपरीक्षक (डीएसपी)लाई एसपी र १३ जना प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ।

लामो समयदेखि रिक्त रहेका यी महत्वपूर्ण पदमा प्रतिस्पर्धा गर्दै ३३ जना एसपीले एसएसपीको लागि दाबी गरेका थिए। गृह मन्त्रालयको बढुवा समितिले सोमबार यी बढुवाहरूलाई अनुमोदन गर्‍यो।

यो फेरबदलले प्रहरी नेतृत्वमा नयाँ शक्ति थप्ने विश्वास गरिएको छ। बढुवा सिफारिसमा रहेका सबैको नाम सार्वजनिक गरिएसँगै प्रहरी संगठनमा आगामी दिनमा नयाँ उर्जा र सक्रियता आउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया