एकैदिनमा ३ हजारले बढ्यो सुनको मूल्य, तोलाको २ लाख ३८ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा एकैदिन ठूलो वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन सुनको मूल्य ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले गिरावट आएको थियो। सो दिन सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार हाल प्रतितोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँ कायम भएको छ।

अघिल्लो शुक्रबार चाँदीको मूल्य ३ हजार ८५ रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया