उज्यालो नेपाल–प्रलोपा चुनावी एकताका लागि छलफलमा

काठमाडौं ।उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी एकताका लागि छलफल हुँदै छ ।

उज्यालो नेपालका नेता जितराम लामाले भने, “हामीले आसन्न निर्वाचनका लागि करिब ३०–३२ वटा वैकल्पिक शक्तिसँग छलफल गरिसकेका छौँ। यही स्तरको छलफल जारी छ र छलफलपछि निर्णय हुनेछ।

शनिबार राति मात्रै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच सातबुँदे सहमति भएको थियो। सो सहमतिपूर्व उनीहरूले उज्यालो नेपाल पार्टीका संरक्षकसँग पनि विचारविनिमय गरेका थिए।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि चुनावी एकताको लागि विभिन्न वैकल्पिक दलहरूसँग छलफल जारी राखेको छ।

तपाईको प्रतिक्रिया