इजरायली आक्रमणमा इरानमा मृत्यु हुनेको संख्या ५०० पुग्यो, हजारौं घाइते

काठमाडौं – इजरायलको आक्रमणका कारण इरानमा मृत्यु हुनेको संख्या ५०० पुगेको इरानी राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानमा जुन १३ देखि इजरायली आक्रमण सुरु भएको हो। इरानको राष्ट्रिय टेलिभिजनको दाबीअनुसार, यस आक्रमणमा करीब ३ हजार व्यक्ति घाइते भएका छन्।

तर, स्वतन्त्र स्रोतबाट यस्ता विवरणको पुष्टि गर्न कठिन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी ले जनाएको छ। इरान सरकारले लगाएका सञ्चार तथा जानकारी प्रतिबन्धका कारण क्षतिको यथार्थ विवरण सार्वजनिकरूपमा पुष्टि हुन सकेको छैन।

मानव अधिकार समूहको दाबी : वास्तविक मृत्यु संख्या अझै बढी हुनसक्ने

युद्धस्थितिमा निगरानी गरिरहेको एक मानव अधिकारवादी संस्थाले मृत्यु हुनेको संख्या सरकारी तथ्यांकभन्दा झन्डै दोब्बर हुनसक्ने दाबी गरेको छ।

युद्ध क्षेत्रका स्वतन्त्र पत्रकार र मानवीय संस्था पुग्न नसक्ने अवस्था भएकाले क्षतिको सटीक मूल्यांकन गर्न मुस्किल भइरहेको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया