आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्कन नसक्ने:गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलन गरेर हटाइ सकेको राजसंस्था फेरि फर्कन नसक्ने बताएका छन्। आइतबार (फागुन २५) सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, “आन्दोलन र क्रान्ति गरेर फालिएको राजसंस्था र राजा, लोकतन्त्रमा प्रवेश गरेको जनताले फेरि फर्काएर ल्याउँछन् भन्ने विश्वास कसैले गर्न सक्दैन।”

उनले मुलुकमा राजतन्त्रको विकल्पको रूपमा केही भ्रम फैलाइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई यसबारे सचेत रहन सुझाव दिएका छन्। गृहमन्त्रीले भने, “केही व्यक्तिले गणतन्त्रको विकल्पका रूपमा राजतन्त्र हुनसक्ने भनी भ्रम फैलाएका छन्, जसले पूर्वराजालाई हौसिनुको आवश्यकता छैन।”

उनले मुलुकको लोकतन्त्रलाई संयमित, परिष्कृत, उदार र सहिष्णु बताए। साथै, लोकतन्त्रलाई कमजोरीको रूपमा नलिन र यसको सही उपयोग गर्ने क्रममा पूर्वराजाले सबै अधिकार स्वतन्त्रतापूर्वक उपयोग गरेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया