आज २१ अर्बभन्दा बढीको सेयर कारोबार, २४० कम्पनीको मूल्य बढ्यो

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार (चैत ५) सेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ।

आज ३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको मूल्य बढेको छ। कारोबार रकम २१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जसमा ङादी ग्रुप पावर ६७ करोड रुपैयाँ र अपर तामाकोसी २५ लाखभन्दा बढी कित्ता सर्वाधिक कारोबार भएका छन्।

पाँच कम्पनी—कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, र होटेल फरेस्ट इन—को मूल्यमा सकारात्मक सर्किट लागेको छ।

तपाईको प्रतिक्रिया