आज सुन सस्तो, चाँदी महँगो: तोलामा २ लाख ४४ हजार ३०० मा सुन कारोबार

काठमाडौं । मंगलबारको तुलनामा आज (कात्तिक २६ गते) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्यमा सानो वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा २१ सय रुपैयाँले कम हो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो।

सुन र चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य, विनिमय दर, र माग–आपूर्तिको आधारमा दैनिक समायोजन हुँदै जाने गरिएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया