आज कात्यायनी देवीको विशेष पूजा, महिषासुर संहार गर्ने शक्ति स्वरूपको स्मरण

काठमाडौं । आज असोज शुक्ल षष्ठी, नवरात्रको सातौं दिन, सम्पूर्ण देशभर श्रद्धा र भक्तिसाथ देवी कात्यायनीको पूजा आराधना भइरहेको छ। अष्टमातृकाहरू मध्येकी छैटौं शक्ति स्वरूप कात्यायनी देवीको आज विशेष पूजाआजा गर्ने परम्परा रहिआएको छ।

धार्मिक मान्यताअनुसार देवी कात्यायनीको आराधना गर्दा रोग, शोक, भय, दरिद्रता तथा अन्य बाधाहरूको अन्त्य भई जीवनमा प्रगतिको मार्ग खुल्ने विश्वास गरिन्छ।

पुराणीय कथनअनुसार, त्रिलोकमा आतङ्क फैलाउने महिषासुरको वधका निम्ति ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म भक्तजनबाट पूजा ग्रहण गरेकी थिइन्। त्यसपछि दशमीका दिन महिषासुरको वध गर्दै उनले धर्मको विजय गराएकी थिइन् भन्ने धार्मिक विश्वास छ।

नवरात्रको सातौं दिन भएकाले आजका दिन मन्दिरहरूमा विशेष पूजाआजा, पाठ, भजन तथा देवी स्तुति गरिँदैछ।

तपाईको प्रतिक्रिया