आगामी निर्वाचनका लागि तेह्रथुमबाट उम्मेदवारका रूपमा महामन्त्री  गगन थापाको एकल नाम सिफारिस

काठमाडौं । तेह्रथुमबाट कांग्रेस उम्मेदवारका रूपमा प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ।

जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार, तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा अगाडि आएको हो। उनीहरूले बताए अनुसार संविधानसभा सदस्य तुलसी सुब्बाको कारबाही फुकुवा नहुँदा उम्मेदवारको चयनमा छलफल भइरहेको क्रममा गगन थापाको नाम प्रस्तावित भएको हो।

तेह्रथुममा प्रतिनिधि सभाको एउटै निर्वाचन क्षेत्र रहेको छ। २०७९ को निर्वाचनमा यसै क्षेत्रमा कांग्रेसकै सीता गुरूङ निर्वाचित भएकी थिइन्।

समानुपातिकतर्फ तेह्रथुमबाट सात जनाको नाम सिफारिस गरिएको छ। ती हुन्: कृष्णमान तुम्बाहांफे, डिल्लीराम नेपाल, विजय सम्वाहाङफे, रूद्र कन्दङवा, बसन्ती सुव्वा गुरुङ, शारदा कोइराला, र शनिषा भेटवाल।

महामन्त्री थापाको नाम यसपटक काठमाडौं, रोल्पा, धनकुटा, सर्लाही लगायतका जिल्लाबाट पनि सिफारिस भएको छ।

तपाईको प्रतिक्रिया