आइतबार सुनको मूल्य घट्दा चाँदीको दर उकालो,तोलाको कति पुग्यो ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। आज प्रतितोला चाँदी ४ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया