अमेरिका–जापानले दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर, साझेदारी र खनिज आपूर्ति सुदृढ


काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।

पहिलो सम्झौता अमेरिका–जापान सम्बन्धको नयाँ ‘स्वर्णिम युग’को सुरुवात जनाउने खालको रहेको बताइएको छ। यसले लामो समयदेखि सहयोगी रहेका दुई देशबीचको साझेदारी अझ बलियो बनाउने उद्देश्य राख्दछ।

दोस्रो सम्झौता दुर्लभ खनिजहरूको आपूर्ति सुनिश्चित गर्ने महत्त्वपूर्ण समझदारी हो।

सम्झौतामा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले जापानको प्रशंसा गर्दै यसलाई अमेरिकाको बलियो सहयोगी भएको बताए। उनले प्रधानमन्त्री ताकाइचीको पनि प्रशंसा गरेका छन्।

तपाईको प्रतिक्रिया