अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष विपक्षी दलको माग

काठमाडौं। विपक्षी दलहरूको बैठकले सरकारले जारी गरेका अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा सम्पन्न उक्त बैठकमा श्रम संस्कृति पार्टीबाहेक अन्य प्रतिपक्षी दलहरूको सहभागिता रहेको बताइएको छ। बैठकले वर्तमान अवस्थामा ल्याइएका अध्यादेशहरूबारे असन्तुष्टि जनाउँदै ती कदम पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरेको हो।

विपक्षी दलहरूले अध्यादेश जारी गर्ने प्रक्रियाप्रति प्रश्न उठाउँदै यस विषयमा संवैधानिक मर्यादा र संसदीय अभ्यासलाई ध्यान दिन आवश्यक रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया