अध्यादेश पारित गर्नका लागि संख्या गन्ने समय आएको छैन : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

प्रधानमन्त्री केपी ओलीले अध्यादेश संसदबाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्नको लागि समय आएको छैन भन्ने बताएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा पत्रकारले सत्तापक्षको संख्या पुग्ने वा नपुग्ने विषयमा सोधेको प्रश्नमा उनले संक्षिप्त जवाफ दिनुभयो र भने, संसद्को संख्या गन्ने समय अझै आएको छैन।

संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो। संसद्को नियमावली अनुसार संसद बैठक शुरु भएपछि मात्रै ती अध्यादेशहरू पेश गर्नुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया