दुर्गा प्रसाईंको रवि लामिछानेलाई आग्रह: व्यवस्था परिवर्तनका लागि राजावादीलाई साथ दिनुस्

दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई व्यवस्था परिवर्तन गर्न राजावादीहरूको साथ दिन आग्रह गरेका छन्। मंगलबार (फागुन २७) बिहान भक्तपुरस्थित आफ्ना निवासमा पत्रकार सम्मेलन गर्दै उनले यो कुरा बताएका हुन्।

“हामी (राजावादी)लाई साथ दिनुहोस्, पहिलो प्राथमिकता व्यवस्था परिवर्तन गरौँ,” उनले भने, “त्यसपछि मात्र विकास सम्भव छ।”

लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिँदा आफूहरूले विरोध गरेको बताउँदै प्रसाईंले भने, “हिजो तपाईंले के के गर्ने भन्ने सोच्दै आउनु भएको थियो, हामीले तपाईंलाई साथ दिएका थियौँ। तर तपाईंले प्रचण्ड, देउवा र केपी ओलीसँग वार्ता गर्नुभयो।”

तपाईको प्रतिक्रिया