राष्ट्रियसभा बैठक चैत ४ गतेसम्मका लागि स्थगित

काठमाडौँ। राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्म स्थगित गरिएको छ। राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित हुने जानकारी दिएका छन्।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यसअघि, सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतका विषयमा उठाएका प्रश्नहरूको उत्तर सरकारबाट लिन अध्यक्ष दाहालले निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया