नेपाल र जापानबीच व्यापारिक सम्बन्ध थप सशक्त हुँदै : प्रधानमन्त्री ओली

फाइल तस्बिर।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मार्फत नेपाल र जापानबीचको सम्बन्ध अझै प्रगाढ बनाउने अवसर मिल्ने विश्वास व्यक्त गरे।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जापानको टोली र नेपाली समन्वयकर्तासँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीचको सरकार–सरकार र जनताबीचको पुरानो सम्बन्ध अहिले व्यापार, आयात–निर्यातमा पनि विस्तार भइरहेको जानकारी दिए।

‘नेपालका नागरिकले राम्रो रोजगारको खोजीमा जापान गएका छन्। नेपालका फापर जापान पुगेका छन् भने जापानबाट गोल्डेन ट्राउट नेपाल ल्याइएको छ। जनस्तरमा यस्ता धेरै सकारात्मक सम्बन्धहरू थपिएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मित्रता अब उत्तम स्तरमा पुगेको छ। यो सम्बन्ध साकुराजस्तै फुलिरहेको छ र समस्या मुक्त रहेको छ। यसलाई सूचना प्रविधिको मद्दतले अझ उच्चतम शिखरमा पुर्याउन आवश्यक छ।’

प्रधानमन्त्री ओलीले जापानले युद्धको विनाश र शान्तिको विकासका लागि दिएको उदाहरणको उल्लेख गर्दै विश्वभर शान्ति स्थापनाका लागि आफूहरूको गहिरो चाहना र सक्रिय प्रयास रहेको बताए।

तपाईको प्रतिक्रिया