वर्तमान सरकार ढल्दैन: ईश्वर पोखरेल

फाइल तस्बिर।

हेटौंडा: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बाहिर फैलिएका हल्ला जस्तै वर्तमान सरकार नढल्ने बताएका छन्। सोमबार हेटौंडामा आयोजित नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको लागि बनेको भएकोले यो सरकार निरन्तर अघि बढ्ने बताए।

उनले भने, “यसअघिको निर्वाचनमा कुनै पार्टीले पनि स्पष्ट बहुमत प्राप्त गरेन र एक्लै सरकार बनाउन सकिने अवस्था बनेन। त्यसका कारण सरकार बन्ने र टुट्ने प्रक्रिया निरन्तर चलिरह्यो। कहिले नेकपा माओवादीले म्याजिक नम्बर भन्दै त कहिले के भनेर सरकार ढाल्ने र बनाउने खेलहरू भइरहेका थिए।”

पोखरेलले देशका दुई प्रमुख राजनीतिक दलहरू कांग्रेस र एमालेलाई स्थिर सरकार र अस्थिर राजनीतिलाई सँगै ल्याउन नयाँ गठबन्धन गर्ने आवश्यकता परेको बताएका छन्। उनले थपे, “सरकार  ढल्छ-ढल्छ भनेर हल्ला फिजाएजस्तो नभएको उनले दाबी गरे”। 

तपाईको प्रतिक्रिया