राजा फर्किनेबारे गोकुल बाँस्कोटाको व्यंग्य- प्लेन टिकट काटेर काठमाडौं फर्काउनुस्

फाइल तस्बिर।

नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राजतन्त्रको पुनर्स्थापनासम्भावना नहुने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले व्यंग्य गर्दै भने, “यो २१ औं शताब्दी हो, के राजा फर्काउने? केको लागि राजतन्त्र फर्काउने? के पाइन्छ?” उनले थपे, “राजा फर्काउन पोखरामा जुलुस गर्नु पर्छ भने, एउटा प्लेन टिकट काटेर पूर्वराजालाई जुलुस नगरी काठमाडौं फर्काउन सकिन्छ। केको पीडा? काठमाडौं फर्किनु भनेको सिंहासनमा फर्किनु होइन, सिंहासनमा फर्कन सम्भव छैन।”

उनले प्रतिपक्षी दलहरूले राजतन्त्र फर्काउने र संघर्ष चर्काउने प्रयास गर्दा त्यसबाट कुनै परिणाम नआउने बताएका छन्। उनले प्रतिपक्षी दलहरूलाई लोकतान्त्रिक गणतन्त्रकै विकल्प खोजिरहेको हो कि भनेर प्रश्न गरे।

तपाईको प्रतिक्रिया