संसद्‌मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेकोमा सरकारको असफलता भएको उल्लेख गरे र प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरे।

उनले सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने इरादाको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताए।

सापकोटाले यस घटनालाई सरकारको सम्पूर्ण असफलताको संकेतको रूपमा लिइएको भन्दै, सरकारलाई नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे।

सरकारप्रति विश्वास नहुँदा देशको इज्जत र प्रतिष्ठाको रक्षा गर्नका लागि प्रतिनिधिसभाले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने कुरामा सापकोटाले जोड दिएका छन्।

तपाईको प्रतिक्रिया