लोसपाले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्दै सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश सच्याइए नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले सो अध्यादेशको सुधार आवश्यक भएको स्पष्ट पारेका छन्।

सर्लाहीमा आयोजित पार्टीको जिल्ला कार्यसमितिको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संघीय सरकारको भूमिसम्बन्धी अध्यादेशलाई मधेस विरोधी बताए। उनले सो अध्यादेश कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने उल्लेख गर्दै, यदि यसलाई सच्याइएन भने लोसपा सरकारबाट बाहिरिने जनाएका छन्।

अध्यक्ष ठाकुरले मधेसका हक, अधिकार र पहिचानको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको पनि बताए र आवश्यक पर्दा आन्दोलनका कार्यक्रमहरू अघि बढाइने चेतावनी दिएका छन्। पार्टीका प्रवक्ता मनिष मिश्रले पनि अध्यक्ष ठाकुरको सरकारबाट बाहिरिने भनाइ पुष्टि गरेका छन्।

तपाईको प्रतिक्रिया