पाइप फुटेपछि जलमग्न भएको बबरमहलमा सडक भासियो

बबरमहलमा मेलम्ची खानेपानी परियोजनाको पाइप फुटेपछि जलमग्न भएको स्थानमा सडक भासिएको छ। बुधबार दिउँसो पाइप फुटेपछि पानी निस्किएको ठाउँमा सडक भासिएको हो। सडक भासिएपछि उक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ।

पानीको असरले जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरका सरकारी कार्यालयहरू पनि डुबानमा परेका छन्। मेलम्ची खानेपानी परियोजनाका प्रमुख टीका चौधरीका अनुसार, नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा पाइप फुटेको हो। उनले भने, “अब त्यहाँ पानी रोक्ने काम गरिने छ।”

सडक डिभिजन, काठमाडौंका इन्जिनियर अर्जुन नेपालले पनि प्राधिकरणको ड्रिलिङका कारण पाइप फुटेको र सडक भासिएको जानकारी दिएका छन्। उनले भने, “प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेको हो, र अब यसलाई उनीहरूले सुधार्ने छन्।”

तपाईको प्रतिक्रिया