पोखरामा प्रदेश सभापतिका लागि अभिमुखीकरण कार्यक्रम

काठमाडौं: नेपाली कांग्रेसले आज प्रदेश सभापति र प्रदेश प्रशिक्षण विभाग प्रमुखका लागि एक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। पोखरामा भएको यस कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।

कार्यक्रमको उद्देश्य संगठन र समसामयिक सन्दर्भमा कांग्रेसका नेताहरूलाई मार्गदर्शन गर्नु रहेको कांग्रेसले जनाएको छ। मंगलबार, कांग्रेसले जिल्ला सभापतिको एक बैठक पनि राखेको छ। कास्की जिल्लाका कांग्रेस सहसचिव नवीन सिग्देलका अनुसार ७७ वटै जिल्लाका पार्टी सभापति र उपसभापतिहरू यस कार्यक्रममा सहभागी हुनेछन्।

यस कार्यक्रमको उद्देश्य गठबन्धन सरकारको काम र पार्टीको सुदृढीकरणमा सहयोग पुर्याउनु रहेको सिग्देलले बताए।

तपाईको प्रतिक्रिया