भारतको रेल दुर्घटनामा चार नेपालीको मृत्यु, परराष्ट्रमन्त्री राणाले दुःख व्यक्त गारिन

फाइल तस्बिर ।

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जनाको ज्यान गएको घटनामा दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा उनले सो दुर्घटनामा नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र दु:खी बनाएको बताइन्।

मन्त्री राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारसँग गहिरो समवेदना व्यक्त गरिन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संवेदनशील प्रतिक्रिया दिइन्।

तपाईको प्रतिक्रिया