२५४ किलोग्राम गाँजासहित एक भारतीय नागरिक पक्राउ

नवलपुर। सशस्त्र प्रहरीको टोलीले नवलपुरमा २५४ किलोग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

गैँडाकोट नगरपालिका-१० पितौजीमा नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय ट्रकमा लुकाइछिपाइ राखिएको २० प्याकेट (२५४ किलो ५४ ग्राम) गाँजा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गुल्म पितौजीले बरामद गरेको हो।

भारतको उत्तर प्रदेशका अलिगण विजयगण गाउँ निवासी ४० वर्षीय पुष्कल यादवलाई पनि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजा, ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा कारबाहीको लागि पठाइएको छ।

तपाईको प्रतिक्रिया