चेल्सीले उल्भ्सलाई पराजित गर्दै शीर्ष चारमा स्थान बनायो

काठमाडौँ — चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले पराजित गर्यो र लिग तालिकामा शीर्ष चारमा स्थान बनायो। यस जितसँगै चेल्सीले पाँच खेलको हारको लम्बे क्रमलाई पनि समाप्त गर्यो।

स्टायनफोर्ड ब्रिजमा भएको खेलमा टोसिन एबाराबोयोले चेल्सीको लागि पहिलो गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा उल्भ्सका म्याट डोहर्टीले गोल बराबरी गरे। त्यसपछि चेल्सीका मर्क कुकुरेला र नोनी माडुकेले गोल थपे।

यो जितपछि चेल्सीले २२ खेलबाट ४० अंक संकलन गर्दै चौथो स्थानमा म्यानचेस्टर सिटीलाई उछाल्यो, जसको ३८ अंक छ। उल्भ्स भने १६ अंकसँग रेलिगेसनको संकटमा रहेको छ।

यस्तै, सोमबार स्पेनी ला लिगामा भिल्लारियलले रियल मार्लोकालाई ४–० ले हरायो, जबकि इटालीको सिरी ए मा कोमो १९०७ ले युडिनेजीलाई ४–१ ले पराजित गर्‍यो।

तपाईको प्रतिक्रिया