राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई र शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई ४७औं राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्नुभएकोमा बधाई र सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले ट्रम्पलाई बधाई दिँदै नेपाल र अमेरिकाबीचको मित्रवत् सम्बन्ध भविष्यमा अझ प्रगाढ र विस्तारित हुने विश्वास व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया