महासंघ निर्वाचनमा ‘भोट किनेर’ श्रीरीलंकाको सयर: नीति र एजेन्डामाथि धनबलको नाङ्गो नाच

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) लाई आम उद्योगी–व्यवसायीहरूको साझा र गरिमामय छाता संगठन मानिन्छ । तर, पछिल्ला गतिविधिले महासंघ साना-मझौला व्यवसायीको हकहित लड्ने संस्था भन्दा पनि ‘डलर र दलाल’ राजनीतिको अखडा तथा धनाढ्यहरूको शक्ति प्रदर्शन गर्ने ‘क्लव’ मा परिणत हुन थालेको छ । नीति, निष्ठा र व्यावसायिक एजेन्डालाई पैसाको बिटोले विस्थापित गर्दा महासंघको साख इतिहासमै सबैभन्दा कमजोर मोडमा पुगेको छ ।

यसको पछिल्लो र सबुत प्रमाण बनेको छ— हालै सम्पन्न वस्तुगत संघतर्फको उपाध्यक्षको निर्वाचन र त्यसलगत्तै सुरु भएको ‘परियोजित श्रीलंका सयर’ । १४२ मतदाता रहेको वस्तुगततर्फ उपाध्यक्ष पदका लागि नरेशलाल श्रेष्ठ र शिव घिमिरे चुनावी मैदानमा थिए । निर्वाचनमा श्रेष्ठ ६३ मत प्राप्त गर्दै जम्मा ३ मतको झिनो अन्तरले विजयी त भए, तर यो जित नीति र विचारको नभई ‘मतदाता खरिदबिक्री’ र ‘विकृत मानसिकता’को जगमा उभिएको तथ्यहरूले देखाएका छन् ।

चुनावअघि ‘ब्याकडेटेड’ टिकट, चुनावपछि विजयोत्सवको नाममा ‘भोटको मूल्य’ महासंघ स्रोतका अनुसार यो निर्वाचनमा मतदाता फकाउन विचार होइन, महँगा आइफोन, ग्यालेक्सी फोन, विलासी भोजभतेर र प्रतिमतदाता १५ लाखदेखि ५० लाख रुपैयाँसम्मको वैधानिक/अवैधानिक आर्थिक लेनदेन भएको थियो । हद त त्यतिबेला भयो, जब उम्मेदवार नरेशलाल श्रेष्ठले चुनाव जित्नुअघि नै “मलाई भोट हाले श्रीलंका घुमाइदिने” भन्दै भोटरहरूलाई हवाई टिकट नै बाँडेका थिए ।

सुरुमा एजेन्डा छाडेर खानपिन र सस्तो प्रचारमा लागेको भन्दै तीव्र आलोचना भएपछि उक्त भ्रमण रणनीतिलाई केही समयका लागि गोप्य राखियो । तर, “भोट दिनुस्, जितेपछि श्रीलंका लैजान्छु” भनी गरिएको भित्री सम्झौता (डिल) अनुसार नै गत जेठ २१ गते ५३ जनाको जम्बो टोली एक साताका लागि श्रीलंका प्रस्थान गरेको छ । केही स्वाभिमानी व्यवसायीहरूले “यसरी विदेश भ्रमणमा जाँदा भोट किनेको अर्थ लाग्ने र आफ्नो व्यावसायिक नैतिकता गुम्ने” भन्दै उक्त भ्रमण अस्वीकार गरे पनि, महासंघका नीति निर्माता बन्ने दौडमा रहेका अधिकांश मतदाता भने लाज पचाएर उक्त टोलीमा सहभागी भएका छन् । विजयोत्सव र धन्यवाद भ्रमणको आवरण दिइएको यो वैदेशिक सयर वास्तवमा चुनावअघि गरिएको ‘मतदाता खरिद’ सम्झौताको दोस्रो किस्ता अर्थात् भुक्तानी मात्रै हो ।

एउटै पदका लागि १५ करोडको खोलो: कसको स्वार्थका लागि? व्यवसायी वृत्तमा चलेको चर्चाअनुसार विजयी उम्मेदवार श्रेष्ठले २०८२ फागुनदेखि २०८३ वैशाख २२ सम्मको चुनावी चहलपहल र हालको श्रीलंका भ्रमण समेत गर्दा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान छ । श्रीलंका भ्रमणमा मात्रै हवाई टिकट, पाँचतारे होटल र खानपानमा करिब ३ करोड रुपैयाँ सिद्धिएको स्रोतको दाबी छ । यता पराजित पक्ष शिव घिमिरे समूहले पनि भेटघाट र प्रचारप्रसारका नाममा करिब ५ करोड रुपैयाँ बगाएको बताइन्छ । गम्भीर प्रश्न: महासंघको एउटा आन्तरिक उपाध्यक्ष पदका लागि १५ करोड रुपैयाँभन्दा बढीको खोलो बगाइनु कुन मानसिकताको उपज हो? उद्योगीका समस्या सरकारसमक्ष राख्न र नीति निर्माणका लागि आवश्यक पर्ने पद पाउन करोडौँको लगानी किन गरिँदैछ? के यो खर्च भोलि नीतिगत भ्रष्टाचार गरेर असुलउपर गर्ने प्रपञ्च होइन? हिजोका दिनमा जिल्ला र नगर उद्योग वाणिज्य संघका साना चुनावमा देखिने उपहार र भोजभतेरको विकृति यसपटक केन्द्रकै वस्तुगत संघहरूमा संस्थागत रूपमै भित्रिएको छ । यसले पैसा नभएका तर भिजन र इमान भएका वास्तविक उद्यामीहरूलाई नेतृत्वको दौडबाट सधैँका लागि पाखा लगाउने निश्चित छ ।
महासंघको नैतिक स्खलन र अनुत्तरित प्रश्नहरू निजी क्षेत्रले सरकारसँग सधैँ सुशासन, आर्थिक पारदर्शिता र स्वच्छ प्रतिस्पर्धाको माग गर्दै आएको छ । तर, आफैँभित्र नेतृत्व चयन गर्दा अपारदर्शी खर्च, महँगा उपहार र मत किन्न विदेश भ्रमण गराउने महासंघले कुन नैतिक धरातलमा उभिएर सरकारलाई प्रश्न गर्छ? यो प्रवृत्तिले महासंघलाई “छाता संगठन” होइन, “साहु-महाजन र दलालहरूको क्लब” मा रूपान्तरण गरिसकेको छ । यस विषयमा सत्यतथ्य बुझ्न र उनीमाथि लागेको ‘भोट किनेको’ गम्भीर आरोपबारे प्रतिक्रिया लिन महासंघका नवनिर्वाचित उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनी श्रीलंका भ्रमणमै व्यस्त रहेका कारण सम्पर्क हुन सकेन । चुनाव जित्न जे पनि गर्ने यो विकृत मानसिकता र धनबलको नग्न नाचलाई महासंघको वर्तमान नेतृत्व र निर्वाचन समितिले ‘सामान्य चुनावी प्रक्रिया’ भन्दै आँखा चिम्लिने हो भने, आगामी दिनमा यो संस्थाको साख पूर्ण रूपमा समाप्त हुनेछ ।

अब महासंघले चुनावी आचारसंहिता, खर्चको सीमा र मतदाता प्रभावित पार्ने यस्ता वैदेशिक भ्रमणमाथि कडा प्रतिबन्ध नलगाए, वास्तविक र इमानदार उद्योगीहरू यो संस्थाबाट सधैँका लागि विमुख हुनेछन् ।

श्रीरीलंका भ्रमणमा निस्किएका ५३ ‘भाग्यमानी’ मतदाता र सहयोगीहरूको सूची: रामशरण थपलियानुसार नीति र साख बन्धक राखेर श्रीलंका सयरमा निस्कने टोलीमा उपाध्यक्ष नरेशलाल श्रेष्ठसहित देहायका व्यक्तिहरू छन्:

अम्बिका प्रसाद अधिकारी

विप्लव अधिकारी

ओमनाथ अधिकारी

रेणु अग्रवाल

शिव कुमार अग्रवाल

ज्ञानेश्वर अर्याल

सुरज बन्जाडे

कुमार भट्टराई

निरञ्जन बहादुर चालुने

मनोज कुमार चापागाईं

प्रह्लाद दाहाल

किरण कुमार डंगोल

विदुर धमला

मेघराज ढकाल

सागर ढकाल

सुबोध कुमार गुप्ता

भुवन सिंह गुरुङ

भक्त बहादुर हमाल

हरि बहादुर कार्की

रवि कार्की

रामहरि कार्की

प्रकाश कुमार खण्डेलवाल

देवी प्रसाद खतिवडा

राजेन्द्र लामिछाने

सूर्य बहादुर मगर

इन्द्र बहादुर महर्जन

ओमनाथ महर्जन

भरत कुमार मल्ल

श्याम प्रसाद न्यौपाने

पशुपति देव पाण्डे

सुमन प्रसाद पाण्डे

आदित्य पराजुली

सुक्रित राज पराजुली

सुधीर पराजुली

लिलेन्द्र प्रसाद प्रधान

शैलेन्द्र लाल प्रधान

अनिल राजभण्डारी

खोमकान्त रेग्मी

सीताराम रेग्मी

रितेश रिमाल

राजेन्द्र संग्रौला

मानबहादुर साउद

रवीन्द्र शाक्य

देवेंद्र भक्त श्रेष्ठ

कृष्ण भक्त श्रेष्ठ

नरेश लाल श्रेष्ठ (उपाध्यक्ष)

राजेश श्रेष्ठ

रामराजा श्रेष्ठ

दुर्गा प्रसाद सुवेदी

सुदीप थापा

उद्धव बहादुर थापा मगर

रामशरण थपलिया

माणिक रत्न तुलाधर

फोटो स्रोत: sanghunews

तपाईको प्रतिक्रिया