प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली संशोधन विधेयक संसदमा पेश

प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली संशोधन विधेयक संसदमा पेश

काठमाडौँ, जेठ ६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक पेश गर्नुभएको हो ।

त्यसैगरी मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि प्रतिनिधि सभामा पेश गर्नुभयो ।प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया