सरकारको नीति तथा कार्यक्रम यथार्थपरक नभएको सांसद रञ्जित कर्णको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवहारिक नभएको टिप्पणी गरेका छन्।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य वर्तमान आर्थिक अवस्थाअनुसार चुनौतीपूर्ण रहेको बताए। उक्त लक्ष्य हासिल गर्न कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३५ प्रतिशत बराबर लगानी आवश्यक पर्ने उल्लेख गर्दै अहिलेको परिस्थितिमा त्यो सम्भव नदेखिएको उनको भनाइ थियो।

सांसद कर्णले नीति तथा कार्यक्रममा उल्लेख गरिएका लक्ष्य कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिएका छन्। साथै उनले सरकारी खर्च र उत्पादनसम्बन्धी विवरण थप पारदर्शी बनाउन हरेक तीन महिनामा क्षेत्रगत खर्चको विवरण संसद्मा पेश गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

उनका अनुसार यस्तो व्यवस्थाले सरकारी कामकारबाहीमा पारदर्शिता र जवाफदेहिता बढाउन सहयोग पुग्नेछ।

तपाईको प्रतिक्रिया