सरकारले फेरि तीन अध्यादेश अघि सार्‍यो, राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं ।सरकारले थप तीन वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ। यसअघि नै केही कानुनी व्यवस्था सम्बन्धी अध्यादेशहरू जारी गरिसकेको सरकारले पुनः नयाँ प्रस्ताव अघि बढाएको हो।

सरकारी स्रोतका अनुसार नयाँ अध्यादेशहरू राष्ट्रपति रामचन्द्र पौडेल को कार्यालयमा पुगिसकेका छन्। यीमध्ये स्वास्थ्य सेवा सम्बन्धी, केही नेपाल ऐन संशोधनसँग सम्बन्धित र अर्को एक अध्यादेश समावेश रहेका छन्।

विशेषगरी ‘केही नेपाल ऐन संशोधन’ शीर्षकको अध्यादेशमार्फत करिब एक दर्जन कानुनमा परिवर्तन गर्ने प्रस्ताव गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया