निराशावादी प्रवृत्तिप्रति प्रचण्ड असन्तुष्ट, ‘सच्चिने बस्नुस्, नत्र बाटो लाग्नुस्’

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले निराशा फैलाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले निराशा व्यक्त गर्नेहरू आफ्नो अगाडि नआए राम्रो हुने बताएका हुन्।

उनले छिट्टै कम्युनिस्ट पार्टीप्रति जनताको समर्थन बढ्ने दाबी गर्दै सरकारका कामकारबाहीबाट त्यसका संकेत देखिन थालेको उल्लेख गरे।

प्रचण्डले समाज र पार्टीमा सबै पुस्ताको भूमिका आवश्यक हुने भन्दै पहिले आफ्नै पार्टी सुदृढ गर्नुपर्नेमा जोड दिए।

पार्टीभित्र असन्तुष्टि फैलाउनेलाई सचिन वा अलग हुन सुझाव दिँदै उनले अनुशासन कायम गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया