प्रचण्डद्वारा गृहमन्त्रीको राजीनामा निर्णयलाई सकारात्मक टिप्पणी

९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्रीले राजीनामा दिनु उचित कदम भएको टिप्पणी गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रश्न उठेपछि पदबाट राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो निर्णय गरेको बताएका हुन्।

गृहमन्त्रीको राजीनामाबारे प्रतिक्रिया दिँदै प्रचण्डले संक्षेपमा भने, “उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो।”

विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका हुन्।

तपाईको प्रतिक्रिया