सचिवालय बैठकपछि केन्द्रीय समिति छलफलमा रास्वपा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार अपराह्न देखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय चःमतिमा आयोजना गरिएको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार बैठकका लागि नौ वटा एजेन्डा तय गरिएका छन्। ती एजेन्डामाथि सदस्यहरूबीच क्रमशः छलफल अघि बढाइएको छ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा प्रस्तुत गर्न समय निर्धारण गरिएको छ। २० जना सदस्यलाई ‘रिपोर्टिङ’ का लागि प्रत्येकलाई दुई मिनेटको समय छुट्याइएको छ।

यसैबीच, पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भने उक्त बैठकमा उपस्थित नभएको जानकारी प्राप्त भएको छ।

यसअघि आइतबार रास्वपाको सचिवालय बैठक सम्पन्न भएको थियो, जसपछि केन्द्रीय समिति बैठक आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया