राष्ट्रियसभा उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध चयन

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा लीलाकुमारी भण्डारी निर्विरोध चयन भएकी छन्। उम्मेदवारी दर्ताको निर्धारित अवधिभित्र उनको मात्रै आवेदन परेपछि प्रतिस्पर्धा बिनानै चयन सुनिश्चित भएको हो।

उनको प्रस्तावकमा प्रेमप्रसाद दङ्गाल रहेका थिए भने समर्थकका रूपमा कृष्णबहादुर रोकाया, मदनकुमारी शाह र पूजा चौधरीले साथ दिएका थिए।

अब बस्ने राष्ट्रियसभाको बैठकमा उनको निर्विरोध चयनको औपचारिक घोषणा गरिने संसद सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया