गोदावरीमा जुवातास खेल्ने सात जनामाथि प्रहरी कारबाही

ललितपुर । जुवातासमा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरीका अनुसार गोदावरी नगरपालिका–१ स्थित दमाईटार क्षेत्रमा एक व्यक्तिको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा सोमबार दिउँसो प्रहरी टोली खटिएको थियो। सो क्रममा त्यही स्थानका ३५ वर्षीय एक व्यक्तिसहित सात जनालाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट नगद ५६ हजार १२५ रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया