नेपाली कांग्रेस केन्द्रीय समिति बैठक गगन थापाको अनुपस्थितिमा

काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो सानेपा स्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। सभापति गगन थापाले हालै पदबाट राजीनामा दिएका कारण बैठक उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा सञ्चालन भएको हो।

बैठक सभापति थापाको कुर्सी खाली राखेर सुरू गरिएको थियो। थापा प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको अपेक्षाअनुसार सफलता नपुगेको जिम्मेवारी लिँदै गत बुधबार राजीनामा दिएका थिए।

आजको बैठकमा दुई मुख्य एजेन्डामा छलफल हुने योजना रहेको छ। नेताहरूका अनुसार सभापतिको राजीनामा र हालैको निर्वाचन समीक्षा प्रमुख छलफलका विषय हुनेछन्।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले ३८ सिट जितेको थियो।

तपाईको प्रतिक्रिया